
२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजीका प्रतिनिधि सुदन गुरुङले खुट्टामै ढोगेका छन् ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएपछि कार्कीलाई बधाइ दिन जेनजीका प्रतिनिधिहरू पुगेका थिए ।
अरु प्रतिनिधिहरूले बधाई दिएपछि गुरूङले बधाई दिए । बधाई दिने क्रममा माला लगाइ दिए अनि निहुरिएर खुट्टा ढोगे ।
जेनजीहरूकै आन्दोलन र प्रस्तावमा प्रधानमन्त्री बनेकाले पूर्वप्रधानन्यायाधीश कार्कीले उनीहरूप्रति आत्मियता देखाएकी थिइन् । कतिपय प्रतिनिधिलाई त सेनाले सम्झाउनु परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4