+
+
Shares

यथास्थितिमा निर्वाचनमा जान सकिंदैन : मिराज ढुङ्गाना

‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो नेपाली जनतालाई फेयर हुँदैन’ उनले भने, ‘जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, त्यसको लागि न्याय होइन यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने भन्दै अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने बताएका छन्।
  • ढुंगानाले यथास्थितिमा निर्वाचनमा जानु न्याय नहुने र नेपाली जनतालाई फेयर नहुने बताएका छन्।
  • उनले जेनजी आन्दोलनको अर्थ सावित गरेर मात्र सर्वपक्षीय वार्ता गरी निर्वाचनमा जानुपर्ने तर्क गरेका छन्।

२८ कात्तिक, काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने बताएका छन् । उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने गर्नुपर्ने बताए ।

एक नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जेनजी अभियन्ता ढुंगानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान राखेका हुन् ।

‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो नेपाली जनतालाई फेयर हुँदैन’ उनले भने, ‘जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, त्यसको लागि न्याय होइन यो ।’

उनले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । ‘जो पनि जेनजी साथीहरू हुनुहुन्छ । तपाईहरूले सोझै निर्वाचन नभनिदिनुहोला,’ उनले भने ।

यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरूलाई आग्रह गरेका उनले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गर्दा यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिए ।

‘केही नगरी हामी निर्वाचनमा गयौं भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ,’ उनले भने ।

सर्वपक्षीय वार्ता गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?