+
+
Shares

रविलाई रक्षा बमको प्रश्न- भोलि छाती थाप्न आउनुहुन्छ नि ?

‘तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दैछन् । वर्षौंदेखि सुकुमवासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते २१:३१

१० वैशाख, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले काठमाडौंका सुकुमवासी बस्तीमा सरकारले डोजर चलाउने तयारी गरेकोबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रश्न गरेकी छन् । यसअघि रास्वपा सभापति लामिछानेले चुनावी अभियानका दौरानमा सुकुमवासी बस्तीमा सरकार डोजर चलाउन आए आफू छाती थाप्न आउने बताएका थिए ।

सोही कुरा उठाउँदै रक्षाले फेसबुकमा सुकुमवासी बस्तीको फोटो राखेर लामिछानेलाई प्रश्न सोधेकी हुन् ।

‘आदरणिय रवि लामिछाने ज्यु, भोली छाती थाप्न आउनुहुन्छ नि यहाँ ?,’ रक्षाले प्रश्न गरेकी छन् ।

‘तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दैछन् । वर्षौंदेखि सुकुमवासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे,’ रक्षाले अगाडि लेखेकी छन्, ‘आज सुकुमवासी बस्ती आतंकित छ ।’

रक्षाले रास्वपा सभापति लामिछानेलाई ‘सिधा कुरा सुकुमवासीसँग कहिले गर्नुहुन्छ ?’ भन्दै थप प्रश्न गरेकी छन् ।

‘भोलि आउनुस् ल,’ उनले थप भनेकी छन् ।

यसअघि बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्ने तयारी गर्न आदेश दिएका थिए । सोही आदेशअनुसार भोलि र पर्सी काठमाडौं उपत्यकाका चार ठाउँका सुकुमवासी बस्ती खाली गराउने सरकारको तयारी छ । प्रहरीले सुकुमवासी बस्ती पुगेर माइकिङ नै गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?