Comments Add Comment

….त्यसपछि थापाले सडकमै लगाए पर्खाल

२५ फागुन, बुटवल । रुपन्देहीको सैनामैनास्थित मुर्गिया–सिसौडाडा सडक विस्तारका क्रममा छ । सडकको दुवै किनारामा नाला बनाइएको छ भने सडक कालोपत्रे गर्ने तयारी भइरहेको थियो ।

तर सैनामैना–४ सिसौडाडाका कृष्णबहादुर थापा क्षेत्रीले सडकमै पर्खाल लगाइदिएका छन् । नलागाउनु पनि किन ? सडक मिचेर बनाएको घरहरुलाई छाडेर आफ्नो बारीमा बाटो बनाएको पाएपछि उनले आफ्नो जग्गामा पर्खाल लगाएका हुन्, जसले गर्दा आवतजावत नै रोकिएको छ ।

सैनामैना नगरपालिका–४ सिसौडाँडामा सार्वजनिक बाटो रहेको कित्ता नं २३२ को करिव तीन कठ्ठा जमिन ५ घरले करिव तीन कठ्ठा मिचेको छ ।

सार्वजनिक बाटो मिचेर तुलसा बस्याल, डिलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठलगायतले भौतिक संरचना निर्माण गरेका हुन् । सडक मिचेको जानकारी नपाउँदा यस्तो भएको उनीहरुको तर्क छ । नगरपालिकाले सडक मिचेर बनाएको संरचना हटाउनुका साटो निजी जमिनमै सडक विस्तारको काम गरिरहेको छ ।

२७ धुर जग्गा सडकले खाएपछि थापो तुल्सीपुर उच्च अदालतको बुटवल इजलास गरेका थिए । अदालतले पनि निजी जग्गामा सडक विस्तार नगर्न सैनामैना नगरपालिकालगायतलाई आदेश दिएको छ । ‘आफ्नो जमिन नै सकेर सडक बनाउने कुरा भएन, सडक सार्वजनिक जग्गामा बनाइयोस् भन्ने मेरो माग हो’ थापाले अनलाइनखबरसँग भने ।

सैनामैना नगरपालिकाले भने सडक मिचेर बनेको संरचना हटाउनुको साटो थापालाई क्षतिपूर्ति भन्दै धुरको एक लाख दिने सहमति गराएको थियो । तर सहमति कार्यान्वयन नभएपछि उनले सडकमै पर्खा लगाएका हुन् । सैनामैना ४ का वडाध्यक्ष धनबहादुर कार्की पुरानो बाटो नक्साभन्दा पश्चिम सरेकाले समस्या भएको बताए ।

‘विवाद मिलाउने गरी दुई पक्षीय सहमति गरिएको हो, तर अहिले फेरि बाटो नै बन्द भएको छ’ उनले भने । उनका अनुसार पीडित थापालाई जग्गा मिचिए बमोजिम २७ धुरको २७ लाख रुपैयाँ दिने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment