+
+
Shares

नारायणहिटी संग्रहालयको गुरुयोजना बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १७:१२

२८ फागुन, काठमाडौं । नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना बन्ने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा सम्पन्न उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित उच्चस्तरीय टोलीले सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा यी सम्पदाको वर्तमान अवस्था र गुरुयोजना निर्माणबारे छलफल भएको थियो ।

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललगायतसँग छलफल भएको थियो ।

प्राधिकरणका अनुसार गुरुयोजनाको निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा हुनेछ । अहिले केशर महलको प्रवलीकरणको काम भइरहेको छ । नारायणहिटी संग्रहालयभित्रसमेत भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको पनि पुनर्निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?