Comments Add Comment

कृषि मन्त्रालयका ५ निकायमा नियुक्ति, डीडीसीमा पौडेल

२८ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालय माताहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका छन् ।

दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा बुधबार अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी नियुक्त भएका हुन् ।

दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराई तथा उपाध्यक्षमा गोपालप्रसाद पोखरेल नियुक्त भएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधर नियुक्त भएका छन् भने कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment