
२९ फागुन, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरेले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गराएका छन् ।
फिलिपिन्समा कोरोना संक्रमिणको संख्या बढ्दो छ । कोरोनाको संक्रमण बढेपछि सरकारले स्वास्थ्य संकटकालको घोषणा गरेको छ ।
तर बुधबार मात्र ४९ नयाँ संक्रमित भेटिएका थिए भने एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो संगै फिलिपिन्समा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
यस्तै ७४ वर्षका डुटरेका अर्थमन्त्री र केन्द्रीय बैंकका गर्भनर भने १४ दिन क्वारेन्टाइनमा जाने भएका छन् ।
कोरोना भाइरसको संक्रमण बढेपछि फिलिपिन्सको केन्द्रीय बैंक र त्यहाँस्थित एसियाली विकास बैंक पनि संक्रमण निर्मलीकरणका लागि बिहीबारदेखि बन्द भएका छन् ।
राष्ट्रपति डुटरेका प्रवक्ता साल्भाडोर पानेलोका अनुसार राष्ट्रपतिमा कोरोना संक्रमणको लक्षण देखिएको छैन, तैपनि उनले परीक्षण गराएका हुन् ।
प्रतिक्रिया 4