Comments Add Comment

यौन भिडियो खिचेर धम्की दिने २ जना पक्राउ

२९ फागुन, काठमाडौं । यौन भिडियो खिचेर पैसाको बार्गेनिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप दिमीपोखरीका श्याम राय र सुरज रायलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरुले बागबजारको न्यु नमस्ते गेस्ट हाउसमा युवक र युवतीलाई मादक पदार्थ सेवन गराई यौन सम्पर्क गर्न लगाई भिडियो खिचेको प्रहरीले जनाएको छ ।

पछि उक्त भिडियो सामाजिक सञ्जालमा हालिदिने भनी २ लाख ५० हजार रुपैयाँ माग गरेपछि पीडित प्रहरीसमक्ष पुगेका थिए ।

प्रहरीले पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २५३ अनुसार आपराधिक लाभमा अनुसन्धान गरिरहेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment