Comments Add Comment

सिद्धबाबालाई छाड्ने न्यायाधीशको सरुवा

२९ फागुन, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा मुद्दाको पूर्पक्ष गर्नेगरी छाड्ने आदेश दिएका जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको काज सरुवा भएको छ ।

महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका गिरीलाई धरौटीमा छाड्ने आदेश विवादित बनेका न्यायाधीश उप्रेतीको गुल्मी जिल्ला अदालतमा काज सुरुवा भएको हो ।

उनको स्थानमा गुल्मीबाटै अर्जुन कोइराला सुनसरी सरुवा भएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । उप्रेती दशैंअघि सुनसरी जिल्ला अदालतमा हाजिर भएका थिए ।

गिरीमाथि कात्तिक ४ गते महिला अनुयायीलाई आफ्नै कोठासँगै रहेको बैठक कक्षमा बोलाएर करणी गरेको आरोप छ । महिलाको उजुरी पछि गिरी मंसिर दोस्रो साता पक्राउ परेका थिए ।

हिरासतमा बस्नुपर्ने समय विराट नर्सिङहोमबाट कटाएका गिरीलाई जिल्ला अदालत सुनसरीको आदेशले पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जिल्लाको आदेश बेरितको भएको दावी गर्दै सरकारी वकिलको कार्यालय र साधारण तारेख माग्दै गिरी पनि उच्च अदालत विराटनगरमा पुगेका थिए । उच्च अदालतले जिल्लाको आदेश बदर गरेको थियो ।

९ माघको उच्च अदालतको आदेश पछि फरार भएका गिरी ४० दिनपछि एकसाता अघि जिल्ला अदालत सुनसरीमा हाजिर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment