Comments Add Comment

माइक्रोसफ्टको बोर्डबाट बिल गेट्सले दिए राजीनामा

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर्स  पदबाट राजीनामा दिएका छन् ।

सामाजिक काममा अधिक ध्यान दिन चाहेको उनले बताएका छन् । वैश्विक स्वास्थ्य, शिक्षा र जलवायु परिर्वतन जस्ता मुद्दामा काम गर्न चाहेको उनले बताएका हुन् ।

तर कम्पनी आफ्ना लाथि महत्वपूर्ण रहने र सीईओ सत्या नडेला र अन्य अधिकारीको सल्लाहकारका रुपमा काम गर्ने बताएका छन् ।

विश्वका सबैभन्दा धनी भइसकेको उनले २००० मा पत्नीसँग मिलेर बिल एण्डन मिलिन्डा गेट्स फाउण्डसेन बनाएका छन् । उनले २००८ मा कम्पनीको सीईओ पदबाट राजीनामा दिएर कम्पनीको दैनिक कामबाट अलग गरेका थिए । तर २०१४ मा कम्पनीको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष चयन भए ।

२०२० को फोब्र्सको अर्वपतिहरुको सूचीअनुसार १०३ अर्ब डल सम्पत्तिका साथ गेट्स विश्वका दोस्रो धनी व्यक्ति हुन् । यो सूचीको पहिलो नम्बरमा अमेजानका सीईओ जेफ बेजोस छन्, जसको सम्पत्ति ११० अर्ब डलरबढी छ ।

माइक्रोसफ्टका सीईओ नडेलाले गेट्सको राजीनामालाई ठूलो क्षति भनेका छन् । र, कम्पनीकाअनुसार गेट्सले पद छाडेपछि अब १२ बोर्ड अफ डाइरेक्टर्स मात्र रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment