Comments Add Comment

उपाधि समर्पण गर्दै मनाङले भन्यो : कोरोनाबाट बचौं !

१ चैत, पोखरा । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राख्यो भने कोरोनालाई महामारी परिभाषित गरेको छ ।

त्यसपछि मेला महोत्सव मात्र होइन, खेल प्रतियोगिताहरु पनि स्थगित भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले चलिरहेको प्रतियोगिताको हकमा लचकता अपनाएका कारण भइरहेको १८ औं आहारारा गोल्डकपको फाइनल सम्भव भयो ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विभागीय टिम नेपाल पुलिसलाई ट्राइब्रेकरमा ४-३ ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब विजेता बन्यो । टाइब्रेकरमा पुलिसका भोला रिजाल, हेम तामाङ, बुद्धबल तामाङले गोल गरे । पुलिसकै तेज तामाङको बल भने मनाङका गोल रक्षक अशोक बरालले बचाए । मनाङका तर्फबाट अञ्जन विष्ट, निशान पुजन उपरकोटी, सुरज विक र रञ्जन विकले गोल गरे । पुलिसका अजित भण्डारीले प्रहार गरेको बल गोलपोस्ट बार छुँदै बाहिरियो भने मनाङका रञ्जन विष्टले गोल गर्दै उपाधि दिलाए ।

टाइब्रेकरमा जित निकालेपछि मनाङ मस्र्याङ्दी अञ्जन विष्टले आफूले लगाएको जर्सी फुकाले । जर्सीभित्र अर्को एउटा टिसर्ट थियो र, त्ससमा लेखिएको थियो, ‘स्टे सेफ फ्रम कोरोना भाइरस ।’ अर्थात कोरोना भाइरसबाट सुरक्षित रहौं ।

कोरोनाबाट बच्न आहृवान गर्दै मनाङका खेलाडीहरुले मैदान परिक्रमा गरेका थिए । उनीहरुले जितको खुसीयाली मनाउँदै भनेका थिए, ‘स्टे सेफ फ्रम कोरोना …… प्रे फर वर्ल्ड …।’

नाङले आफूहरुको जित मनाङका पक्षधर दर्शक र कोरोनाविरुद्ध समर्पित गरेको बताएको छ । मनाङका अञ्जन विष्टले अनलाइनखबरसँग भने, ‘अहिले विश्व नै कोरोनाबाट आक्रान्त छ । त्यसबाट बच्न र बचाउन यो जित समर्पित गर्न चाहेका हौं ।’

पोखरा, मनाङ मस्र्याङ्दी क्लबको फ्यान फलोअर अत्याधिक भएको क्षेत्र हो । शनिबार भएको फाइनल खेलमा उपस्थित दर्शकको हुटिङ साथले पनि त्यही देखाउँथ्यो ।

कोरोना भाइरस त्रास र सरकारी तवरबाट सार्वजनिक रुपमा जारी भएको सूचनाका कारण अघिल्ला संस्करणभन्दा कम दर्शक यसपटकको प्रतियोगितमा सामेल भए । तर, नेपाल पुलिस क्बल र मनाङ मस्र्याङ्दीबीचको फाइनल खेलमा भने दर्शकको अत्याधिक उपस्थित थियो । शनिबार करिब १० हजार दर्शक रंगशाला उपस्थित रहेको आयोजक सहारा क्लबले बताएको छ ।

१८ औं संस्करणको उपाधिसँगै मनाङ आहा रारा गोल्डकपको उपाधि सबैभन्दा बढी (६ पटक) जित्ने क्लब बनेको छ ।

तस्वीरः युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment