Comments Add Comment

फरक धारको रियालिटी शो- सुनौलो तारा

२ चैत, काठमाडौं । नेपालमा नै पहिलोपटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ ।

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा बढी वालवबलिकाहरुको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखि प्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ : ३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागि उपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।

कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुने सहभागीहरु लाई क्रमश  :  नगद रु ५ लाख, ३ लाखर १लाख डिशहोमले प्रदान गर्नेछ । साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment