Comments Add Comment

कोरोनाले इटली, स्पेन र फ्रान्समा एकैदिन ५०१ जनाको मृत्यु

इटलीमा मात्रै एकैदिन ३६८ ले गुमाए ज्यान

३ चैत, काठमाडौं । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।

युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।

फ्रान्समा पनि कारोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।

चीन उद्गम भएर फैलिएको कारोना भाइरस चीनमा नियन्त्रणउन्मुख देखिएको छ । तर, युरोपेली मुलुकहरूमा सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment