+
+
Shares

एनआईसी एशियाका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १५:४५

३ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाण्डौस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

छुट उपलब्ध गराउने विषयमा बैंक र होटलबीच समझदारी भएको हो। यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ।

समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका छन्। उक्त समझदारीबमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले होटलको फुड, बेभरेज, स्पा तथा लाउन्ड्री सेवाहरू प्रयोग गरेबापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन्। साथै यस बैंकका कर्मचारीलाई पनि सोही योजनाअनुसारको छुट उपलब्ध हुनेछ।

यसैगरी बैंकका ग्राहकले देशभरका २ हजार ४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?