Comments Add Comment

कोरोनाबाट चीनमा भन्दा चीनबाहिर बढीको मृत्यु

३ चैत, काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ५ सय २६ जनाको मृत्यु भएको छ । त्यसमध्ये चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।

चीनबाहिर मृत्यु हुनेको संख्या ३ हजार ३ सय १३ जना पुगेको छ । चीनपछि इटलीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सोमबार अपरान्हसम्म इटलीमा एक हजार ८ सय ९ जनाको ज्यान गइसकेको छ ।

कोभिड–१९ बाट इरानमा ७ सय २४, स्पेनमा २ सय ९४, फ्रान्समा १ सय २७, दक्षिण कोरियामा ७५, फ्रान्समा ६९ र बेलायतमा ३५ जनाको मृत्यु भएको एजेन्सीहरूले जनाएका छन् ।

कोभिड–१९ बाट इरानमा ७ सय २४, स्पेनमा २ सय ९४, फ्रान्समा १ सय २७, दक्षिण कोरियामा ७५, फ्रान्समा ६९ र बेलायतमा ३५ जनाको मृत्यु भएको एजेन्सीहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले मृत्युदर ३.४ प्रतिशत मृत्यु दर हुने प्रक्षेपण गरेको यो भाइरसबाट ४९ देशमा संक्रमितले ज्यान गुमाएका छन् ।
७७ हजार निको भए

पहिलो पटक ३१ डिसेम्बरमा हुवे प्रान्तमा देखिएको कोरोना १५८ देशमा पुगिसकेको छ । इटली, इरान, दक्षिण कोरिया, स्पेन, जर्मनी, फ्रान्स, अमेरिका, स्वीटजरल्याण्ड, बेलायतलगायतका देशहरूमा यसको संक्रमण बढ्दो छ ।

चीनमा भने यो रोगको प्रकोप नियन्त्रणतर्फ गइरहेको देखिन्छ । चीनमा संक्रमितको संख्या दश हजार भन्दा कम छ । पछिल्लो २४ घण्टामा त्यहाँ जम्मा ३५ जना नयाँ संक्रमित देखिएको छ ।

इटलीमा संक्रमितको संख्या चीनमा भन्दा दोब्बर पुगेको छ । त्यहाँ २० हजार ६०३ संक्रमित छन् ।

पछिल्लो तथ्यांकअनुसार सबै देशमा गरेर ८६ हजार १२७ जनामा मात्रै कोरोनाको संक्रमण छ । ७७ हजार ७९० जना भने निको भइसकेका छन् । नेपालमा भने चीनबाट फर्केका एक विद्यार्थीमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो । उनी निको भइसकेका छन् ।

साढे चार सय भन्दा बढीको कोरोना परीक्षण भएको छ, तर ती कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएकोस्वास्थ्य मन्त्रालयले बताएको छ ।

दक्षिण एसियाका देशहरु भारतमा ११७, पाकिस्तानमा ९४, श्रीलंकामा २१, अफगानिस्तानमा २१, माल्दिभ्समा १३, बंगलादेशमा ८ र भुटानमा एक जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment