
काठमाडौं । मलेसियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । साथै खाना तथा दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल बाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय पनि गरेको छ ।
सोमबार साँझ देशबासीलाई सम्बोधन गर्दै मलेसियाका प्रधानमन्त्री मुहयिद्दिन यसिनले मार्च १८ देखि ३१ तारिखसम्म आफ्ना नागरिकलाई विदेश जान रोक लगाएको र अत्यावश्यक बाहेक आवतजावतमा बन्देज लगाउने घोषणा गरे ।
कोरोनाको संक्रमणबाट नागरिकलाई जोगाउने यो मात्र उपाय भएको उनले बताए ।
सरकारले मानिसहरुको भीडभाड हुने धार्मिक, खेल, सांस्कृतिक लगायतका कुनै पनि गतिविधि गर्न रोक लगाएको छ । साथै दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल, सुपरमार्केट बाहेक अरु सबै व्यापार व्यवसाय पनिबन्द गर्न भनिएको छ ।
शुक्रबारको प्रार्थनासहित सबै धार्मिक कार्यक्रम पनि हाललाई निलम्बन गरिएको छ ।
हालै मात्र विदेशबाट फर्किका नागरिक तथा पर्यटकहरु पनि चेकजाँचमा जानुपर्ने र १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने प्रधानमन्त्री यसिनले बताएका छन् ।
सबै स्कुल तथा शैक्षिक संस्था पनि बन्द हुनेछन् । पानी, विजुली, उर्जा, सुरक्षा स्वास्थ्य लगायतका अत्यावश्यक सेवा प्रदायक बाहेक सबै सरकारी निजी निजी कार्यालय पनि बन्द हुनेछन् ।
मलेसियामा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ । सोमबार मात्र १३८ नयाँ संक्रमित भेटिएका थिए । प्रधानमन्त्री यसिनले आतंकित नहुने र धर्य गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4