Comments Add Comment

चलचित्र पत्रकार संघमा दिनेश सिटौलाको नेतृत्व

चलचित्र पत्रकार संघको आठौ महाधिवेशन सम्पन्न भएको छ । सोमबार काठमाण्डौमा आयोजना गरिएको चुनावी अधिवेशनमा दिनेश सिटौला अध्यक्ष पदमा विजयी भएका छन् । कुल १३८ मत खसेको मतदानमा दिनेशले ७० मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९ मत ल्याए । यस्तै, अध्यक्षका अन्य दुई उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ जीवन पराजुली विजयी भए । उपाध्यक्ष संगठनमा भने कुवेर डंगोल निर्विरोध विजयी हुँदा महिला उपाध्यक्ष पदमा पनि दीपज्योती थापा निर्विरोध विजयी भएकी थिइन् ।

यस्तै, महासचिवमा समिर बलामी विजयी भए । सचिव पदमा रघुनाथ सापकोटा १०५ मत ल्याउँदै विजयी भएका थिए । सचिव(समावेश)तर्फ विशाल राई निर्विरोध विजयी भए ।

कोषाध्यक्ष पदमा प्रदिप कार्की निर्विरोध विजयी हुँदा सह–कोषाध्यक्ष पदमा विनोद पोखरेलले लेखबहादुर आचार्यलाई हराउँदै विजयी भए । सदस्य पदमा सर्वाधिक मत नविन गिरीले प्राप्त गरे । उनी १०५ मत प्राप्त गर्दै विजयी भए ।

यस्तै, सदस्य पदमा नै मनिष दाहाल, मिलन ढुंगाना, गणेश ओली, गोपीकृष्ण चापाँगाई, श्रृष्टी पोखरेल विजयी भए । सुरक्षा भट्टराई(महिला सदस्य) पदमा निर्विरोध हुँदा दीपक गुरुङ(समावेशी) पनि सदस्य पदमा निर्विरोध विजयी भएका थिए ।

चलचित्र पत्रकार संघले ३ बर्षका लागि नयाँ कार्यसमिती प्राप्त गरेको छ । निर्वाचन अगाडि उद्घाटन अधिवेशन र बन्द सत्र चलेको थियो । चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दिप सापकोटाले नव–निर्वाचित अध्यक्ष दिनेश सिटौलालाई कार्यभार सुम्पेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment