+
+
Shares

पूर्णरुपमा सीमा बन्द गर्ने तयारीमा यूरोप

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १२:५४

काठमाडौं । यूरोपेली आयोगले आपतकालीन बाहेक सबै भ्रमणमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । कोरोना भाइरसको महामारी युरोपभर फैलिएपछि यूरोपेली आयोगले यस्तो तयारी गरेको छ ।

आयोगकी अध्यक्ष उसुर्ला भोन डेर लेयनले यूरोपेली नेतालाई यो योजना कार्यान्वयन गर्न मंगलबार आग्रह गर्नसक्ने बताइएको छ । यसो भएमा यूरोपको सीमा ३० दिनसम्म बन्द हुनेछ । तर यो प्रतिबन्धमा ईयूका नागरिकको परिवार र कूटनीतिक अधिकारीलाई भने यात्रामा कुनै प्रतिबन्ध नलगाइने बताइएको छ ।

यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले पनि यूरोपको सबै बाहिरी सीमा बन्द हुनसक्ने बताएका थिए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले यूरोपभर फैलिएको छ र त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?