Comments Add Comment

महाभारतमा नसुल्झिएको ८ र १८ अंकको रहस्य

महाभारतका घटना एवं यसका कतिपय ज्ञानहरु अझैपनि रहस्यको गर्भगृहमा छ । यस्तो आश्चर्य र रहस्यको उद्घाटन अहिलेसम्म पनि हुन सकेको छैन । महाभारत युद्धको वर्णन गरिएको महाभारत ग्रन्थमा अंकको रहस्य पनि अहिलेसम्म बाहिर आउन सकेको छैन । महाभारत युद्धमा ८ र १८ अंकको प्रयोग अत्यधिक भएको पाइन्छ । ८ र १८ वटा अंकको निकै महत्व रहेको पाइन्छ ।

कृष्ण र ८ को अंक :

१. भगवान श्रीकृष्णको जन्म ८ औं अवतारको रुपमा द्वापर युगमा भएको थियो ।

२. श्री कृष्ण देवकीका आठौं बच्चा थिए ।

३. उनको जन्म ईसापूर्व ३११२ को अष्टमीको दिन आठौं मुहुर्तमा कृष्णपक्षको सात मुहुर्त पछि भएको थियो । यद्यपि यो जन्मको वर्ष इसापूर्व ३११२ पछि नै हो भन्ने विषयमा विवाद कायम छ । कसैले नवौं शताब्दी ईसापूर्व तिरको समय पनि मान्ने गरेको पाइन्छ ।

४. श्री कृष्णको केवल आठ पत्नीहरू थिए ।

५. श्री कृष्णका आठ सखाहरू थिए ।

६. श्रीकृष्णको सखी(केटीसाथीहरु) पनि आठ जना नै थिए ।

महाभारतको रहस्य र अंक १८

१. महाभारतको पुस्तकमा १८ अध्यायहरू छन् ।

२. कृष्णले अर्जुनलाई जम्मा १८ दिनसम्म ज्ञान दिएका थिए । गीतामा पनि १८ वटा अध्यायहरू छन् ।

३. महाभारत युद्ध १८ दिनसम्म चल्यो ।

४. कौरव र पाण्डव सेनाहरुको पनि १८ अक्षोहिणी सेना थिए । जस मध्ये ११ कौरव र ७ वटा अक्षोहिणी पाण्डव सेना थिए ।

५. यस युद्धको मुख्य सुरुवातकर्ताहरू पनि १८ जना नै थिए । धृतराष्ट्र, दुर्योधन, दुशासन, कर्ण, शकुनी, भीष्म, द्रोण, कृपाचार्य, अश्वत्थामा, कृतवर्मा, श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव, द्रौपदी एवं विदुर ।

६. महाभारत युद्धमा केवल १८ योद्धाहरू बाँचेका थिए । यसरी बाँच्न सफल हुनेहरुमा कौरवको तर्फबाट कृतवर्मा, कृपाचार्य र अश्वत्थामा रहेका छन् । त्यस्तै, पाण्डवहरुको तर्फबाट युयुत्सु, युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव, कृष्ण, सात्यकि सैनिकहरु बाँचेका थिए ।

७. महर्षि वेद व्यास, जसले महाभारत लेखेका थिए । उसले १८ पुराण पनि रचेका थिए ।

प्रश्न उठ्छ कि किन सबै ८ र १८ को संख्या मात्रै किन यति धेरै भयो ? यो संयोग हो वा यसमा कुनै गोप्य कुरा लुकेको छ ? यस्तै, धेरै स्थानहरू महाभारतमा प्रयोग गरिएको थियो । यो १८ अंकको गहिरो रहस्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment