Comments Add Comment

भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

५ चैत, काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अनुसन्धान पश्चात २ लाख बिगो कायम गरी उनीहरुविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

नगरपालिकाको वडानम्बर-११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण भएपश्चात भुक्तानी सहजीकरण गरिदिने भन्दै प्राविधिक केसीलाई अख्तियारको वीरेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले २ लाख घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलको समेत संलग्नता भएको पाइएपछि दुई जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment