Comments Add Comment

सिम्रौनगढ– ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध

५ चैत, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगिएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए ।

‘सरकारले विवाहको उमेर २० वर्ष तोकेको छ तर एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागे । छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर आउँछन्’ उनले भने ‘ विवाहितले भए आफ्नो माइतीमा फोन गर्नुपर्छ, फोन चाहिन्छ अविवाहितले कहाँ फोन गर्छ ? त्यसैले भय त्रास देखाउनका लागि मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगेका हौं ।’

अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध नलगएको वडाध्यक्ष कुर्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment