+
+
Shares

जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते ९:४०

६ चैत, काठमाडौं । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेका थिए । सुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको बताइएकाे छ ।

श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भएर कास्की पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?