Comments Add Comment

कोरोना त्रासका कारण रोकियो ‘ए मेरो हजुर ४’को छायांकन

केही हप्तादेखि काठमाण्डौ बाहिर छायांकन भैरहेको चलचित्र ‘ए मेरो हजुर ४’को टिमले छायांकन रोक्ने निर्णय गरेको छ । नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै यसको टिमले छायांकन रोक्ने निर्णय गरेको हो ।

चलचित्रकी निर्देशन झरना थापाले मानव जातीलाई चुनौती बनेको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको बताइन् ।

उनले छायांकन रोकिदा प्राविधिकहरुमा पर्न गएको असुविधाप्रती क्षमा समेत मागेकी छिन् । चलचित्रको निर्माण टिमले चाडै नै छायांकनमा फर्किने विश्वास व्यक्त गरेको छ ।

यो चलचित्रको छायांकन नेपालसँगै यूरोप र ओमानमा पनि हुने बताइएको छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment