Comments Add Comment

क्लियोपेट्रा : जसको कामुकता र सौन्दर्यको सधै चर्चा भयो

क्लियोपेट्रा एक यस्तो रहस्यमयी पात्रको रुपमा चिनिन्छिन् जो अत्यान्तै सुन्दर, कामुक सँगसगै चतुर र षड्यन्त्रकारी पनि थिए ।

उनले आफ्नो सुन्दरतालाई एक हतियार बनाएकी थिइन्, जसको निसाना राजा–महाराजा र सैन्य अधिकारीहरुतर्फ सोझिएको हुन्थ्यो । भनिन्छ, त्यस समयकी संसारकै सबैभन्दा धनी र सुन्दर महिला थिइन् । विश्वमा नाम चलेका थुप्रै कलाकारले क्लियोपेट्राको रुपरंग र उनको मादकताको कल्पना गर्दै प्रसिद्ध चित्रकला र मुर्ति बनाए । उनी विश्व साहित्यमा पनि धेरै लोकप्रिय भइन् । साहित्यकारले उनलाई आफ्नो लेखनमा नायिका बनाए ।

अंग्रेजी साहित्यका ३ महान नाटककार शेक्सपियर, ड्राइडन र जर्ज बनार्ड शाले आ–आफ्नो नाटकमा उनको व्यक्तित्वको कैयौं रहस्यलाई विस्तार गरे । क्लियोपेट्राको जीवनीमा आधारित फिल्महरु बनिसकेका छन् ।

इतिहासमा क्लियोपेट्राको वर्णन धेरै नै सुन्दर र कामुक महिलाको रुपमा गरिन्छ । उनीजत्तिको सुन्दर शासक अहिलेसम्म नभएको पनि बताइन्छ ।

इतिहासकारहरुका अनुसार उनले सुन्दर रहनको लागि विभिन्न विशेष सामग्रीहरुको प्रयोग गर्थिन् र आफ्नो श्रृंगारमा धेरै समय खर्चिन्थिन् । उनी दैनिक गधाको दुधले नुहाँउथिन । उनले नुहाउनको लागि मात्रै दैनिक करिब ७०० गधाको दुध मगाउने गर्थिन् भन्ने गरिन्छ ।

को हुन् क्लियोपेट्रा ?

उनी मिश्रमा शासन गर्ने अन्तिम फराओ वंशकी शासक थिइन् । क्लियोपेट्राले इशापूर्व ५१ देखि इशापूर्व ३० सम्म मिश्र ९हालको इजिप्ट० मा शासन गरेकी थिइन् ।

क्लियोपेट्रा १७ वर्षकी छँदा उनको पिताको मृत्यु भएको थियो । पिताको इच्छाअनुसार उनी तथा उनका भाई तोलेमी दियोनेसिसलाई संयुक्त रुपले राज्य प्राप्त भयो । उनी मिश्रको प्रथा अनुसार आफ्नै भाईकी पत्नी हुने वाला थिइन् । तर, राज्याधिकारको लागि भएको संर्घषको परिणामस्वरुप उनले आफ्नै देशबाट भागेर सिरिया भाग्नु प¥यो ।

सोही समयमा जुलियस सिजर आफ्नो दुश्मन पोम्पेको पिछा गर्दै मिश्र आए । सिजरले क्लियोपेट्रालाई देखेपछि उनको सुन्दरता र मादक आँखामा लठ्ठिए । क्लियोपेट्राको जालमा फसेपछि क्लियोपेट्राको पक्षबाट युद्ध गरेर उनलाई मिश्रको रानी बनाउन सिजर तयार भए ।

जुलियस सिजरसँगको युद्धमा तोलेमी मारिए र क्लियोपेट्रा मिश्रको राजसिंहासनमा बसिन् । मिश्रको प्राचिन परम्पराअनुसार उनी आफ्नो अर्को सानो भाइको श्रीमती बनेर राज्य गर्न थालिन् तर केहि समयपछि नै उनले आफ्नो भाइलाई विष पिलाएर हत्या गराइन् । त्यसपछि उनले अरसिनोइको पनि हत्या गर्न लगाइन् ।

क्लियोपेट्रा एक कुटिल शासक थिइन् । यसै कारण उनी धेरै छिटो कसैसँग जोडिएर उसको सारा राज जान्ने गर्थिन् र पछि उसैलाई बर्बाद गरिदिन्थिन् ।

आफ्नो शासन र आफ्नो अस्तित्वलाई बचाउन क्लियोपेट्राले धेरै उपाय लगाउँथिन् । धेरै शक्तिशाली पुरुषहरुलाई उनले आफ्नो सुन्दरताको मोहमा पारेकी थिइन् । यसै कारण उनको सयौं पुरुष सँग सम्बन्ध थियो ।

उनी रोमन साम्राज्यका तीन शक्तिशाली पुरुषहरुः जुलियस सिजर, मार्क एन्थोनी र अक्टेभियनको प्रतिद्वन्दी थिइन् । जुलियस सिजरले उनलाई मिश्रकी रानी बन्न सहयोग गरेका थिए ।

क्लियोपेट्रा रोमन शासक जुलियस सिजरको रखैल थिइन् भनिन्छ । उनीबाट एक पुत्र पनि भयो तर, रोमनहरुले भने यो सम्बन्धको विरोध गरेका थिए ।

रोमन शासक जुलियस सिजरका सेनापति जनरल मार्क एन्थोनी पनि क्लियोपेट्राको सुन्दरतामा मोहित भए । क्लियोपेट्राले यो कुरा थाहा पाएपछि एन्थोनीलाई आफ्नो शिकार बनाइन् । दुवै पहिलेदेखि नै विवाहित भएपनि उनीहरु एकअर्काको प्रेममा थिए । यी दुवैले अलेक्जान्ड्रियामा शीत ऋतु एकैसाथ बिताएका थिए ।

एन्थोनीबाट उनीहरुको तीन बच्चा भयो । दस्तावेजहरुका अनुसार पछि यी दुईले विवाह गरेका थिए । एन्थोनीसँग मिलेर क्लियोपेट्राले संयुक्त रुपमा सिक्का पनि चलाएकी थिइन् ।

४४ ईशापूर्वमा जूलियस सिजरको हत्या पछि एन्थोनीले उनको उत्तराधिकारी गाएस अक्टेभियनको विरोध गरे त्यतिखेर उनको साथमा क्लियोपेट्रा समेत थिइन ।

दुवै मिलेर रोमन साम्राज्यसँग टक्कर लिने योजना बनाए तर दुवै अक्टेभियनको फौजसँग पराजित भए । क्लियोपेट्रा आफ्नो ६० जहाजको साथमा युद्धस्थलबाट अलेक्जान्ड्रिया आइन ।

एन्थोनी पनि उनको पछिपछि आए तर, पछि अक्टेभियनले उक्साएपछि क्लियोपेट्राले एन्थोनीलाई धोका दिइन् । अक्टेभियनले एन्थोनीलाई क्लियोपेट्राले आत्महत्या गरिन् भन्ने सूचना दिए त्यो एन्थोनीले सुन्न सकेनन् र उनले आत्महत्या गरे ।

अक्टेभियनसँग नराम्ररी हारेपछि उनले फेरि अक्टेभियनलाई नै आफ्नो सुन्दरताको जालमा फसाएर आफ्नो ज्यान बचाउँदै फेरि सत्ता प्राप्त गर्ने योजनामा अगाडि बढेकी थिइन् ।

जनविश्वास अनुसार अक्टेभियन क्लियोपेट्राको जालमा फसेनन् । अक्टेभियनले उनको हत्या गर्ने चाल पाएपछि क्लियोपेट्रा आँफैले एक विषालु सर्प मगाएर त्यसले टोकाएर आत्महत्या गरिन् । त्यतिखेर उनी मात्रै ३९ वर्षकी थिइन् ।

तर, कसैले भने उनले एन्थोनीलाई धोका नदिएको बताउँछन् । र, उनले एन्थोनीकै अगाडि आत्महत्या गरेको बताउँछन् । उनको मृत्युको बारेमा पनि इतिहासकारको मत बाझिएको छ ।

धेरैले उनले एक विषालु गोमन सर्पद्धारा आफ्नो वक्षस्थलमा टोकाएर आत्महत्या गरेको उल्लेख गरेका छन् । तर, केहिले भने उनको मृत्यु विषालु पदार्थको सेवनबाट भएको दाबी गरेका छन् ।

जर्मनीका एक शोधकर्ताले भने क्लियोपेट्राको मृत्यु सर्पदंशबाट नभई अत्याधिक मात्रामा मादक पदार्थको सेवन गर्नाले भएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment