Comments Add Comment

सेन्ट जेभियर्सलाई नतिजा रोक्न निर्देशन, अटेर गरे कारबाही गरिने

७ चैत, काठमाडौं । सरकारले सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको छ । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको जानकारी दिए । अटेर गरे कानुनी कारबाही गरिने उनले बताए ।

सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्ररीक्षा लिइएको थियो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो ।

दश हजार भन्दा बढीको ज्यान लिइसकेको नोवल कोरोना (कोभिड–१९) भाइरसका कारण सरकारले २५ जना भन्दा बढी भेला नहुन र अत्यावश्यक काममा वाहेक बाहिर ननिस्कन दिएको निर्देशन यो स्कुलले अटेर गरेको हो ।

सेन्ट मेरिज स्कुलले भने सरकारको निर्देशन अनुसार पूर्वनिर्धारित प्रवेश परीक्षा स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment