Comments Add Comment

सार्वजनिक यातायातमा कोरोना विरुद्ध सुरक्षा अभियान

बसमा डिसइन्फेक्सन स्प्रे छर्केर मात्र यात्रा

७ चैत, बुटवल । सार्वजनिक सवारी साधनको यात्रालाई सुरक्षित बनाउन बुटवल यातायात प्रालिले कोरोना भाइरस विरुद्ध सुरक्षा अभियान सञ्चालन गरेको छ । कोरोनाको संक्रमणबाट प्रालिका यात्रुलाई सुरक्षित बनाउन प्रालिले शुक्रबारबाट यस्तो अभियान थालेको हो ।

प्रालि मातहत सञ्चालन हुने सबै बसका चालक तथा सहचालकहरुले अनिवार्य मास्क प्रयोग गर्ने, गाडीमा डिसइन्फेक्सन स्प्रे छर्केर मात्र चलाउने तथा यात्रुहरुलाई समेत सचेत हुन आह्वान गर्ने गरी अभियान सुरु गरिएको प्रालिका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए । ‘सबै गाडीमा डिसइन्फेक्सन स्प्रे छर्केर मात्रै चलाउँछौं,’ श्रेष्ठले भने, ‘एक पटक स्प्रे छर्केपछि त्यसले २४ घण्टासम्म बसलाई सुरक्षित राख्छ ।’

प्रालि मातहत चल्ने साना ठूला गरी ३ सय ५० वटै बसका चालक र सहचालकलाई अनिवार्य मास्क लगाउन भन्दै वितरण गरेको छ । सिट क्षमता भन्दा बढी यात्रु नबोक्न चालक सहचालकलाई निर्देशन दिएको र स्वास्थ्यमा समस्या भएका यात्रुलाई सार्वजनिक यातायातको माध्यम प्रयोग नगर्न अपिल गरिने र आवश्यक परे अस्पतालसम्म पुर्‍याइदिने प्रालिका सचिव दीपक श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment