+
+
Shares

मोदीको सम्वोधन : कोरोनाविरुद्ध जनता कर्फ्यु घोषणा !

झ्याल र बार्दलीमा उभिएर ५ मिनेट थाल ठटाउन जनतालाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते २०:३४

६, चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ ८ बजे देशबासीका नाममा सम्वोधन गर्दै कोरोना महामारीविरुद्ध ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । आइतबार बिहान ७ बजेदेखि साति ९ बजेसम्म जनता कर्फ्यु लागू हुनेछ ।

कोरोनाविरुद्ध लडिरहेकाहरुको हौसला बढाउन आइतबार साँझ ५ बजे बार्दली र झ्यालमा उभिएर ५ मिनेटसम्म ताली बजाउन, थाल ठटाउन मोदीले देशबासीलाई आग्रह गरेका छन् ।

मोदीले कोरोनाको महामारीविरुद्ध ‘जनता कर्फ्यू’ मा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । साथै अरुबेला पनि ६० कटेका नागरिकलाई घर बाहिर नआउन मोदीले आग्रह गरेका छन् । आवश्यक कामबोहक अरुबेला घर बाहिर नआउन र अस्पतालमा कम जान र नियमित अप्रेसनको मिति पछि सार्न उनले जनतालाई आगह गरेका छन् । फोनबाटै डाक्टरसँग सुझाव लिएर घरमै बस्न मोदीले आफ्ना जनतालाई आग्रह गरेका छन् ।

‘संकटको यो समयमा यो पनि ध्यान राख्न जरुरी छ कि हाम्रा आवइयक सेवामाथि, अस्पतलामाथि दबाव बढ्नुहुँदैन । ताकि हाम्रा अस्पतालहरुलाई यसलाई प्राथमिकता दिन सुविधा होस्’ मोलीले भने, ‘रुटिनका लागि अस्पताल जाने आदतबाट बच्नुपर्छ, जति सकिन्छ, बचौं, डाक्टरलाई फोन गरेर नै उनीहरुसँग आवश्यक सल्लाह लिए हुन्छ । अप्रेसनको डेटलाई पनि एक महिना पछि सारौं ।’

आधा घण्टा लामो आफ्नो टेलिभिजन सम्वोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आग्रह गरे । जनताले आफैं घर बाहिर ननिस्कन अभ्यास गर्नुपर्ने भन्दै मोदीले कोरोनाविरुद्ध जनता कर्फू घोषणा गरिएको बताए ।

५ मिनेटसम्म झ्याल र बार्दलीमा उभिएर थाल ठटाउन आग्रह

भारतीय प्रधानमन्त्री मोदीले कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल वा घण्टी बजाएर अत्यावश्यक सेवामा खटिएकाहरुको हौसला बढाउन आग्रह गरे ।

कोरोना भाइरसविरुद्धको लडाइँमा खटिरहेका सबैलाई देशले धन्यवाद दिनका लागि मोदीले साँझ ५ बजे ढोकामा उभिएर उनीहरुलाई सलाम गर्न देशवासीसमक्ष आग्रह गरेका हुन् ।

‘पछिल्लो दुई महिनामा लाखौं मानिस अस्पतालमा, एयरपोर्ट, यात्रामा, सहरका गल्लीमा कोरोनाविरुद्ध काममा जुटेका छन्’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘डाक्टर, नर्स, सफाइकर्मी, विमानस्थलका कर्मचारी, मिडियाकर्मी, सुरक्षाकर्मी, होम डेलिभरीकर्ताहरु सबैले आफ्नो पर्वाह नगरी देशको सेवामा लागेका छन् । यो सामान्य होइन । उनीहरुले हर किसिमको सेवा गरेर राष्ट्रको रक्षा गरिरहेका छन् । देश यस्ता सबै साना ठूला व्यक्ति र संगठनप्रति कृतज्ञ छ । २२ मार्च रविबार यी सबैलाई धन्यवाद अर्पित गर्नेछौं ।’

यो धन्यवाद दिने तरिका भएको बताउँदै मोदीले भने, ‘यो धन्यवाद दिने र एक आपसमा जोड्ने तरिका हो । साँझ ५ बजे घरको ढोका या वार्दली या खिड्कीमा ५ मीनेटसम्म यी मानिसहरुप्रति आधार व्यक्त गरौं । ताली बजाएर, थाली बजाएर घण्टी बजाएर उनीहरुको हौसला बढाऔं । साइरनको आवाजले सूचना जनतामा पुर्‍याऔं ।

धनीहरुलाई आग्रह- मानवता देखाउनुस्

भारतीय प्रधानमन्त्री मोदीले धनीमानीहरुलाई महामारीका बेलामा आफूमाथि निर्भर रहेका कामदारहरुको तलब कटौती नगर्न र उनीहरुमाथि मानवता देखाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्वोधनमा भने, ‘मध्यम वर्ग, निम्नमध्यम वर्गलाई क्षति पुगेको छ । उच्च वर्गसँग आग्रह छ, उनीहरुलाई सहयोग गरौं । उनीहरुको तलब नकाटौं, मानवीयताका साथ फैसला लिउँ । उनीहरुको पनि परिवार चलाउनुछ । परिवारलाई बचाउनुछ ।’

त्यसैगरी देशमा दूध, खानेकुरा, दबाइ जस्ता आवश्यक चिजको कमी नहोस् भन्नेतर्फ ध्यान दिन मोदीले आग्रह गरेका छन् । सम्वोधनमा उनले भने, ‘सबै देशबासीलाई आग्रह छ कि जरुरी सामान संग्रह गर्ने होड नलगाऔं, पहिलेजस्तै सामान्यरुपमा खरीद गरौं ।’

अर्थमन्त्रीको टास्क फोर्सले जुनसुकै निर्णय लिन सक्छ

प्रधानमन्त्री मोदीले कोरोनाबाट अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई कम गर्न अर्थमन्त्रीको नेतृत्वमा टास्क फोर्स बनाइएको बताउँदै त्यसले जुनसुकै निर्णय लिन सक्ने बताए ।

‘यस महामारीले अर्थ व्यवस्था पनि प्रभाव पारिराखेको छ । अर्थमन्त्रीको नेतृत्वमा सरकारले कोभिड १९ इकोनोमिक टास्क फोर्स गठनको फैसला लिएको छ’ मोलीले भने, ‘यो टास्क फेार्सले हर परिस्थितिको आँकल गर्दै निकट भविश्यमा फैसला लिने छ । आर्थिक मन्दीलाई कम गर्न जुनसुकै निर्णय लिनेछ ।’

‘हामी पनि बचौं, जगतलाई बचाऔं !’

भारतीय प्रधानमन्त्री मोलीले कोरोनाको महामारी समान्य नभएको बताए । उनले भने, ‘पछिल्लो दुई महिनामा १३० करोड भारतीयले यसलाई आफ्नो संकट मानेका छन् । यो संकट यति ठूलो छ । वैश्विक छ । एक देशले अर्को देशलाई सहयोग गर्न पाइरहेका छैनन् ।

उनले थपे, ‘देशबासीहरु एक भएर कठिनाइको सामना गर्नुछ । यो महामारीबाट मानवजाति विजयी हुनेछन् । भारत विजयी हुनेछ । चाँडै नवरात्री पर्व आउँदैछ, भारत पूरै शक्तिका साथ अघि बढ्छ । आउनुनोस्, हामी पनि बचौं, देश पनि बजाऔं । जगतलाई बचाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?