Comments Add Comment

शुक्रबारदेखि अस्ट्रेलिया प्रवेशमा रोक

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् ।

केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।

शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै ‘लक् डाउन’ भएको विस्वास गरिएको छ तर उक्त शब्द प्रयोग भने गरिएको छैन ।

अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् ।

अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय लिएको हो । विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।

यो पनि पढ्नुहोस अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

आन्तरिक उडान तथा ट्रेन, बस, फेरीहरु सञ्चालनमा छन् । अत्यावश्यक नभइ बाहिर घुमफिर नगर्न सुझाब दिइए पनि अस्ट्रेलियन जीवनशैली सहज भएको अनुमान गर्न सकिन्छ ।

रेस्टुरेन्टहरु अझै पनि खचाखच नै छन् । दैनिक उपभोग्य बस्तुहरुको अभाव हुने ठानेर सुपरमार्केटहरुमा भिडभाड भए पनि सरकारले कुनै पनि कुरा को अभाव नहुने विस्वास दिलाइरहेको छ ।

नरसिंग क्षेत्रका अन्तर्रास्ट्रिय विद्यार्थीलाई रोजगारदाताको अनुरोधमा हालको भन्दा दोब्बर काम गर्न पाइने ब्यबस्था गरिएको छ । आर्थिक संकटको अनुमान गरेर राहत प्याकेजहरु पनि निर्माण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment