Comments Add Comment
मठ मन्दिरमा कोरोनाको त्रास :

पशुपतिनाथमा कोरोनाको जोखिम, छिन्नमस्तामा एकैदिन २१४ पशुबलि

६ चैत, काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको १८ बुँदे निर्णयको ३ नम्बर बुँदामा भनिएको छ, ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने ।’

स्वास्थ्य मामिलाका जानकारहरुका अनुसार कोरानाको जोखिम सैक्षिक संस्थाहरुमा भन्दा मन्दिर, गुम्बा, चर्च र सिनेमा हलमा बढी हुने गरेको बाहिरी अनुभव छ । किनभने, विद्यालयमा एकखाले मानिसहरु आउँछन् तर मन्दिर, चर्च, गुम्बा आदिमा अपरिचित मानिसहरुको आवत–जावत हुने भएकाले जोखिम बढी हुन्छ ।

जस्तो– दक्षिण कोरियामा त्यहाँको चर्चलाई कोरोनाको इपिसेन्टर नै मानिएको थियो भने पादरीले माफीसमेत माग्नुपरेको थियो ।

नेपालमा पनि सरकारले मठमन्दिर, गुम्बा र चर्चहरुमा सामुहिक भेला हुन रोक लागाउने निर्णय गरेको छ । तथापि मानिसहरुको धार्मिक आस्था प्रकट गर्ने ठाउँ भएकाले त्यहाँको भीड सहज हुनु चुनौतीपूर्ण देखिन्छ ।

पशुपतिको दर्शन गर्न आइरहेका भारतीय तीर्थालुहरूले त्यहीँबाट कोरोना नभित्र्याउलान् भन्न सकिने अवस्था छैन । कोरियाको चर्चमा प्रार्थना गर्नेहरूलाई नै कोरोनाले आक्रमण गरेको तीतो उदाहरण विश्वसामु छ

नेपालका धार्मिक पर्यटकीय स्थलहरुको अवस्था के छ ? यसबारे अनलाइनखबरले एक रिपोर्ट तयार पारेको छ ।

पशुपतिनाथमै कोरोनाको जोखिम !

कतिपय मानिसहरु भन्ने गर्छन्, पशुपतिनाथको कृपाले नेपालीहरुलाई अहिलेसम्म कोरोना भाइरस नलागेको हो । तर, अहिलेसम्म पशुपतिको दर्शन गर्न आइरहेका भारतीय तीर्थालुहरुले त्यहीँबाट कोरोना नभित्र्याउलान् भन्ने सकिने अवस्था चाहिँ छैन । कोरियाको चर्चमा पार्थना गर्नेहरुलाई नै कोरोनाले आक्रमण गरेको तीतो उदाहरण विश्वसामु छ ।

काठमाडौंमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा यतिबेला भारतीय पर्यटकहरु बढेका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा पशुपति मन्दिरमा केही समययता नेपाली भक्तजन घटे पनि भारतीय भक्तजन भने बढेको बताउँछन् ।

‘दैनिक २ देखि ३ हजार भारतीय पर्यटकहरु पशुपति आइहनुभएको छ, नेपाली भक्तजन घटे पनि भारतीय पर्यटकको आगमन पातलिएको छैन,’ उनी भन्छन्, ‘रामनवमीको पूर्वसन्ध्या भएकाले पनि होला, विहार लगायतका क्षेत्रबाट आउनेहरु बढेका छन् ।’

शविरात्री र यसको आसपासको समय भारतीय पर्यटक आउने मुख्य सिजनमध्ये एक हो ।

खतिवडाले कोरोना संक्रमणको जोखिम कम गर्न मन्दिर परिसरमा ‘स्यानिटाइजर’ राखिएको बताए । कोषका अनुसार भक्तजनहरुलाई समयम–समयमा हात धुन तथा सरसफाइमा ध्यान दिन सूचना तथा प्रचार–प्रसार ब्याापक बनाइएको छ ।

माइकिङमार्फत पनि समय–समयमा सरकारले जारी गरेको सचेताना सम्बन्धी सूचना दिने काम भइरहेको कोषले बताएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला केही दिनदेखि नेपाल–भारत मैत्री बस सेवा बन्द गर्न सुरु गरिएकाले अब विस्तारै भारतीय पर्यटक घट्ने अनुमान गरिएको बताउँछन् ।

‘भारतसँग काठमाडौं जोड्ने मैत्री बस सेवा स्थागित हुन थालेको छ,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘यसले नेपाल आउने भारतीय पर्यटक पनि प्रभावित भएका छन् ।’

तर, प्राय: तीर्थाटनमा आउने भारतीय पर्यटकहरु ठूला बस रिजर्भ गरेर आउने भएकाले तत्कालै ठूलो संख्यामा पर्यटक नघट्ने कोषको विश्लेषण छ । नेपाल अहिलेसम्म सुरक्षित भएको सन्देश भारतमा गएकाले पनि भारतीय पर्यटकले यात्राको योजना स्थगित नगरेको हुनसक्ने खतिवडाले बताए ।

उनले मन्दिर परिसरमा पर्याप्त सतर्कता अपनाइएकाले सुरक्षितरुपमा भक्तजनले पूजा आराधना गर्न सक्ने दाबी गरे ।

प्रदेश २ मा पशुबलि यथावत्, मन्दिरमा हेल्थ डेस्क छैनन्

सरकारले सूचना जारी गरेकै दिन अनलाइनखबरले प्रदेश २ का मठ मन्दिरहरुको अवस्था के भनेर बुझ्ने प्रयास गरेको थियो । यसक्रममा सप्तरीको छिन्नमस्ता र जनकपुरधामस्थित जानकी मन्दिरको अवस्था जोखिमपूर्ण देखियो ।

प्रदेश २ का प्रमुख मन्दिरहरुमा कोरोनाको जोखिम बढ्न सक्ने खतरा किन देखिएको छ भने यहाँ न त भीडभाड रोकिएको छ, न सुरक्षाको सावधानी नै अपनाइएको छ ।

तर, सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी भगवती मन्दिरमा दैनिक हजारौंको संख्यामा श्रद्वालुहरु आउने गरेका छन् । मन्दिरमा पशुबलि पनि यथावत् चलिरहेको छ ।

छिन्नमस्ता मन्दिरमा दिनहुँ भीडभाड देखिने गरेको छ । यहाँ दैनिक हजारौंको संख्यामा श्रद्धालु आउने गर्छन् । तीमध्ये अधिकांश भारतकै हुन्छन् । कोरोनाको हल्ला चले पनि यो मन्दिरमा अहिलेसम्म भीड घटेको छैन ।

मन्दिरका मुख्य पुजारी महाकान्त ठाकुरले बुधबार मात्रै ५ हजारभन्दा बढी दर्शनार्थी आएको बताए । उनले बुधबार मात्रै २१४ वटा पशुको बलिसमेत मन्दिरमा प्रदान गरिएको जानकारी दिए ।

मन्दिरमा दैनिक भीड बढे पनि हेल्थ डेस्क राख्ने विषयमा कुनै पहल गरिएको छैन । मुख्य पुजारी ठाकुरले छिन्नमस्ता आफैं अस्तव्यस्त भएकाले यसतर्फ कुनै चासो नदिएको बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले भीड हुने स्थानमा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको बताए । उनले चाँडै यो मन्दिरमा पनि हेल्थ डेस्क राख्ने बताए । ‘यसका निम्ति पालिकासँग कुरा भइरहेको छ’ उनले भने, “छिन्नमस्ता मन्दिरमा चाँडै हेल्थ डेस्क स्थापना हुन्छ ।

छिन्नमस्तासँगै सप्तरीकै कंकालनी मन्दिरमा पनि श्रद्वालुहरुको भीड लाग्ने गरेको छ । तर, यहाँ पनि हालसम्म हेल्थ डेस्क स्थापना गरिएको छैन ।

धनुषाको जनकपुरधामास्थित जानकी मन्दिरमा दर्शनार्थीको संख्या केही घटेको छ ।
जानकी मन्दिरका महन्थ रामरोशन दासले पछिल्लो दुई सातायता मन्दिरमा श्रद्धालुको संख्या अत्यन्तै कम भएको बताए । ‘अहिले पहिलाको तुलनामा १० प्रतिशत भन्दा पनि कम श्रद्वालु आउन थालेका छन्’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अहिले जनकपुर तथा आसपास क्षेत्रका दर्शनार्थी मात्रै आइरहेका छन् ।’

जानकी मन्दिरमा दैनिक ४ देखि १० हजारसम्म दर्शनार्थी आउने गरेका थिए । यो संख्यामा आधाभन्दा बढी भारतीय हुन्थे । तर, अहिले भारतीयहरु पटक्कै नआएको दासले सुनाए । ‘अहिले जनकपुर तथा आसपासका केही जिल्लाबाट मात्रै श्रद्धालुहरु आइरहेका छन्’ उनले भने ।

अत्यधिक भीड हुने मन्दिरमा सरकारले अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन । महन्थ दासले मन्दिर प्राङ्गणमा हेल्थ डेस्क राख्न उप–महानगरपालिकाका मेयरसँग आग्रह गरेको बताए । यद्यपि अहिलेसम्म हेल्थ डेस्क स्थापना गरिएको छैन । केन्द्र सरकारले मन्दिरहरुमा भीडभाड नगर्न अपील गरिसक्दा पनि प्रदेशमा पर्याप्त ध्यान दिइएको देखिँदैन ।

लुम्बिनीमा के छ ?

नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यमा पर्ने लुम्बिनीमा अहिले तेस्रो मुलुकका २०/३० जना, नेपालीहरु दुईसय जना र भारतीय २ सयको हाराहारीमा दैनि करुपमा लुम्बिनीमा पर्यटक आउने गरेको कोषका पथप्रदर्शक अधिकृत मुकुन्द गौतमले बताए ।

कोषका पथ प्रदर्शक अधिकृत मुकुन्द गौतमका अनुसार मार्च १४ मा १ हजार २ सय २१ जना, १५ मार्चमा ७९६ जना, मार्च १६ मा ४८२ जना र १७ मार्चमा ५८० जना पर्यटक लुम्बिनी पुगेका छन् ।

सरकारले नेपाल प्रबेशमा रोक लगाएपछि नेपाल आइरहेको जर्मन, फ्रान्स तथा स्पेनका नागरिक सीमानाका बेलहियाबाटै फर्किएका छन् । समयमै सूचना नपाएका कारण कतिपय पर्यटकले अनावश्यक दुःख पाएका छन् ।

गत वर्षको मार्चमा २८ हजार ७८१ पर्यटक नेपाल भित्रिएकोमा यस वर्ष मार्चको मध्यसम्म ८ हजार ३८१ जना मात्रै नेपाल आएको अध्यागमन कार्यालय बेलहियाको तथ्यांकमा छ ।

कोरोना संक्रमणको त्रासका कारण लुम्बिनीको पर्यटन क्षेत्र प्रभावित बनेको छ । नेपालकै मुख्य पर्यटकीय क्षेत्र मानिने बुद्ध जन्मस्थल लुम्बिनी प्रायः सुनसान छ ।

स्थलमार्ग हुदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको वेलहिया नाकाबाट विभिन्न ८ मुलकका पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाइएपछि यो क्षेत्रमा पर्यटक आउन सकेका छैनन् ।

रुपन्देहीका प्रमुख गन्तव्यहरुमा गौतमबुद्ध जन्मस्थल लुम्बिनी, बुद्ध मावली देवदह, सैनामैना, बुटवल फूलबारी, शंकरनगर तिलोत्तमाको वनबाटिका, नवलपरासीको रामग्राममा पनि बाह्य तथा आन्तरिक पर्यटकको संख्या समेत ह्वात्तै घटेको छ ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले चीन, इरान, इटाली, कोरिया, जापान, जर्मनी, फ्रान्स र स्पेनबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको बताए । ‘हामीले कोरोनाको त्रासका कारण रोक लगाउनुपरेको हो, देशभर पर्यटकको संख्या अब नगन्य हुनेछ’ उनले सुनाए ।

चीन, इरान, इटाली, कोरिया, जापान गरी ५ देशका नागरिकलाई १० मार्चदेखि तथा जर्मनी, फ्रान्स र स्पेनबाट आएका नागरिकलाई १३ मार्चबाट लुम्बिनी प्रवेशमा रोक लगाइएको कोषका अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक यो पनि पढ्नुहोस ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो यो पनि पढ्नुहोस अर्थतन्त्रमा कोरोना भाइरसको कहर यो पनि पढ्नुहोस पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार ! यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’ यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ? यो पनि पढ्नुहोस नेपाली विकास आयोजनामा कोरोना भाइरसको धक्का ! यो पनि पढ्नुहोस हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल यो पनि पढ्नुहोस वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक यो पनि पढ्नुहोस कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता यो पनि पढ्नुहोस कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं यो पनि पढ्नुहोस ‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’ यो पनि पढ्नुहोस कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो यो पनि पढ्नुहोस रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी यो पनि पढ्नुहोस संकटको भूमरीमा न्यूरोडका व्यापारी यो पनि पढ्नुहोस नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं यो पनि पढ्नुहोस कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी यो पनि पढ्नुहोस कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी यो पनि पढ्नुहोस मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा यो पनि पढ्नुहोस कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ? यो पनि पढ्नुहोस एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं यो पनि पढ्नुहोस खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई दिन थालियो विदा यो पनि पढ्नुहोस भुइँचालो बिर्साउने सुनसान ठमेल ! यो पनि पढ्नुहोस कोरोनाको कहर : नेपालीका श्रम गन्तव्य नै संकटापन्न यो पनि पढ्नुहोस कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ? यो पनि पढ्नुहोस मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले यो पनि पढ्नुहोस कोरोनाको कहर : उद्योगीले सहुलियत माग्दा वित्तीय क्षेत्रमा तनाव यो पनि पढ्नुहोस बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर ! यो पनि पढ्नुहोस यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ? यो पनि पढ्नुहोस मजदुर–मालिक सम्बन्धमा पनि कोरोनाको प्रभाव ! यो पनि पढ्नुहोस रोजगार र रेमिट्यान्समा संकट, कार्ययोजनाविहीन सरकार यो पनि पढ्नुहोस ग्यास पाइएन ? कुलमान भन्छन्- इन्डक्सन चुल्हो बाल्नुस् यो पनि पढ्नुहोस १५ वर्षदेखि बढेन पेट्रोलियम भण्डारण, उपभोक्तालाई सधै‌ंको सास्ती यो पनि पढ्नुहोस सार्वजनिक सवारी सरुवा रोगको ‘हटस्पट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment