Comments Add Comment

व्यक्तिगत सौन्दर्यले बढाउँछ खुशी !

मानिसको खुशी र सौन्दर्यको सम्बन्ध सधैं आर्थिक हिसाबमा जोडिने गरेको छ । तर, येले यूनिभर्सिटीका अर्थतन्त्रका प्राध्यापकले गरेको एक अध्ययनले सुन्दर हुनुले मानिसको खुशीको स्तरमा समेत बृद्धि हुने बताइएको छ ।

उनको अध्ययनमा सहभागीमध्ये सुन्दर देखिएका सहभागीमा खुशीको मात्रा औसतभन्दा बढी थियो । यसको कारण सुन्दर देखिने मानिसहरु धेरै पैसा कमाउन चाहने र आर्थिक हिसाबमा सम्पन्न बनेसँगै उनीहरु धेरै खुशी हुने गरेको पाइएको थियो ।

मूल्यांकनको हिसाबमा हेर्ने हो भने सौन्दर्यको सम्बन्ध स्वास्थ्यसँग जोडिन्छ भने यसको सम्बन्ध उत्पादन क्षमता र यसले मानिसलाई सफल साथी बनाउन समेत सहयोग गर्ने जानकारहरु बताउँछन् । मानिसको सौन्दर्य निकै सानो कुराबाट सुरु हुन्छ ।

त्यसको उदाहरणको लागि एउटा मुस्कानले मात्र पनि मानिसलाई धेरै सुन्दर बनाउँछ । हामीले अनुहार उज्यालो राख्न साधारण प्रायस गर्‍यौं भने मात्र पनि मानिसलाई त्यसले सुन्दर बनाउँछ ।

खुशीको लागि उमेर कुर्नुपर्दैन
केही मानिस उमेर बढ्दै गएपछि आफ्नो बितेको समयको विषयमा चिन्तित हुने गर्छन् । तर, खुशी कहिलै पनि मानिसको उमेरमा निर्भर हुँदैन । यही कुरा सौन्दर्यको लागि पनि लागू हुन्छ । यसको लागि कुनै पनि उमेरको सीमा हुँदैन । जुनसुकै मानिसले पनि सुन्दर बन्नका लागि आवश्यक उपाय अपनाउन सक्छन् ।

खुशी मानिस स्वस्थ हुन्छ
अध्ययनका अनुसार सधैं खुशी हुने मानिस जीवनभर स्वस्थ हुन्छ । उसले सबै खुशीबाट ऊर्जा पाउँछ । त्यसैले उनीहरु धेरै सक्रिय हुन्छन् । उनीहरु त्यस्ता खानेकुरा मात्र खान्छन्, जुन उनीहरुको लागि राम्रो हुन्छ । त्यसैले उनीहरुले आफ्नो जीवनको पनि रमाइलो लिइरहेका हुन्छन् ।

यसले उनीहरुको आत्मविश्वास पनि उच्च हुन्छ । यसबाट उनीहरुले रोजगारी, आम्दानी र अन्य कुरामा धेरै अवसर पाउँछन् । मानिसको सन्तुष्टि र खुशीको विषयमा अमेरिका, क्यानडा, बेलायत र जर्मनीमा गरिएको यो अध्ययनले व्यक्तिगत सौन्दर्यले खुशी पनि बढाउने देखाएको हो ।

व्यक्तिगत सौन्दर्यले आम्दानी, विवाह र अन्य क्षेत्रमा पनि सकारात्मक असर पार्छ । यसबाट मानिसले खुशी बढाउँछ । त्यसैले सौन्दर्यको प्रभाव मानिसको खुशीमा अप्रत्यक्षरुपमा पर्ने गरेको छ ।

जीवनमा खुशी कसरी बढाउने ?
जहिले पनि आफूले आफूलाई नराम्रो सोच्नुहुँदैन । आफू सबैभन्दा राम्रो होइन तर आफ्नो विशेष किसिमको सौन्दर्य, व्यक्तित्व र सांगीतिक क्षमता छ भन्ने कुरामा विश्वास राख्नुपर्छ । आफू को हो भन्ने कुरालाई स्वीकार गर्न सक्ने हो भने त्यसले तपाईंलाई धेरै खुशी प्रदान गर्न सक्छ ।

आफ्नो व्यक्तिगत सौन्दर्यमा पनि ध्यान दिनुहोस् । आफ्नो सौन्दर्यको लागि स–साना कुरामा ध्यानदिनु जरुरी हुन्छ । यसले तपाईंको आत्मविश्वास पनि बढाउँछ । कपडाको कारण मानिसमा उत्पन्न हुने खुशी दीर्घकालसम्म रहँदैन । तर, आफ्नो रोजाइ अनुसारको कपडा छनोटले पनि मानिसलाई खुशी राख्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment