Comments Add Comment

कोरोनाको त्रासले हिमाल खबर पत्रिका बन्द गर्ने घोषणा

८ चैत, काठमाडौं । हिमाल मिडिया प्रालिले ९ चैतपछि अनिश्चितकालका लागि हिमाल खबर पत्रिकाको प्रकाशन बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण हिमाल मिडियाले छापा संस्करण बन्द गर्ने घोषणा गरेको हो ।

अवस्था सामान्य नहुन्जेलसम्म अनलाइनमा मात्र समाचारहरु अपडेट गर्ने हिमाल मिडियाले जनाएको छ ।

हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले भने, ‘हिमाल मिडिया प्रालिले साप्ताहिक हिमाल खबरपत्रिका को ९ चैत, आइतबारको अंकपछि आफ्नो छापा संस्करणलाई अवस्था सामान्य नहुञ्जेलसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । …आशा गरौं, केही समयको व्यक्तिगत दूरीसँगै हाम्रो सामूहिक सहकार्य र संघर्षले समाजलाई यो संकटबाट चाँडै पार लगाउनेछ ।’

यसअघि पनि साप्ताहिक पत्रिकाका सम्पादकहरुले संयुक्त सूचना निकालेर पत्रिका बन्द गरेको घोषणा गरेका थिए । यसरी बन्द हुने पत्रिकाहरुमा जनआस्था, दृष्टि, देशान्तर, साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत छन् ।

यी पत्रिकाका सम्पादकहरुले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन कठिन भएकाले राहतस्वरुप विशेष निर्णय लिइदिन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस कोरोना भाइरसको त्रासले साप्ताहिक पत्रिका बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment