Comments Add Comment

किन चल्यो रणवीर-आलियाको ब्रेकअपको हल्ला ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको प्रेम चर्चा निकै भइरहेको हुन्छ । उनीहरुलाई धेरैले सुन्दर जोडीको उपमा दिने गर्छन् । उनीहरुले एक-अर्कालाई गर्ने प्रेम पनि लोभलाग्दो नै छ ।

केही दिनदेखि रणवीर कपुर र आलिया भट्टको ब्रेकअपको समचार आइरहेको छ । त्यसको कारण हो, आलियाको जन्मदिनमा रणवीर नदेखिनु । नायिका आलिया भट्टको जन्मदिन पार्टीमा रणवीर देखिएनन । रणवीरको उपस्थिती नभएपछि धेरैले त्यहीँ समय ब्रेकअप भएको शंका गरे ।

तर, आलिया निकट साथीले जन्मदिनमा पनि रणवीर र आलिया भेट भएको बताएका छन् । आलियाको लागि रणवीरले गिफ्‍ट पनि दिएका थिए । तर, व्यस्त समयका कारण पार्टीमा भने रणवीर उपस्थित हुन सकेनन ।

हालै नायिका आलिया भट्टले एक तस्विर पोष्ट गर्दै तस्विर क्रेडिट रणवीरलाई दिएकी छिन् । घाम तापिरहेको तस्विरमा उनले लेखेकी छिन्, ‘सुरक्षित बस्नुस, न्यानो बस्नुस् । तस्विर मेरो मनपर्ने फोटोग्राफर आरके ।’

आलियाले यस तस्विर पोष्ट गरेपछि के बुझिन्छ भने रणवीर र आलियाबीच कुनै मनमुटाव भएको भएको छैन । आलिया र रणवीर अहिले सँगै क्वारेन्टाइनमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment