Comments Add Comment

होटलहरु क्वारेन्टाइन बनाउन दिने व्यवसायीहरुको संयुक्त घोषणा

८ चैत, काठमाडौं । साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् ।

होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले (कोरोना भासइस कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।

उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिए ।

‘सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं’ उनले भने ।
उनकाअनुसार काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुनेछ । ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले भने यस्तो निर्णय गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment