Comments Add Comment

प्रतिवन्ध मिचेर इतिहादले दुई यात्रु काठमाडौं ओराल्यो

१० चैत, काठमाडौं । सोमबार पनि दुबईको आबुधवीबाट इतिहाद एयरलाइन्सले नियम विपरित यात्रु लिएर नेपाल आएको छ । सरकारले गएरातिबाट यात्रु लिएर अन्तर्राष्ट्रिय एयरलाइन्सका विमान नेपाल आउन नपाउने नियम ल्याएपनि इतिहादले नियम मिचेर यात्रु ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यात्रु लिएर आएको विमानलाई एयर ट्राफिक कन्ट्रोलरले फर्किन भनेपछि निकै आकाशमा निकै बेर चक्कर लगाउनुपरेको थियो । तर, तेल मात्रै हाल्न मात्रै भन्दै दिउँसो ३.५०मा अर्लिएको विमानका दुई यात्रुलाई उसले नेपालमा झारी छाड्यो ।

ती दुबै यात्रु नेपाली भएको र त्यसमध्ये एक जना सेसल्सबाट दुबई ट्रान्जिट गरेर आएका यात्रु रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । उनीहरु दुबैलाई खरिपाटी क्वारेन्टाइनमा पठाइएको छ ।

यसअघि सिंगापुरबाट पनि सिल्क एयरले त्यसैगरी नियम मिचेर प्रतिबन्धित देशबाट यात्रु लिएर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment