
११ चैत, बुटवल । सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना बुटवलमा पक्राउ परेका छन् ।
प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4