Comments Add Comment

कोरोना रोकथाम गर्न सुदूरपश्चिम प्रदेश सरकारले छुट्यायो साढे ११ करोड

१२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठकले कोरोना रोगको रोकथामका लागि बजेट बिनियोजन गर्ने निर्णय गरेको हो ।

८८ वटा स्थानीय तहलाई कोरोना भाइरसको रोकथामका लागि सशर्त अनुदान दिने निर्णय अनुसार, उपमहानगरपालिकालाई ५ लाख नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ दिइनेछ ।

बैठकले मन्त्रिपरिषदका सदस्यहरूको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा राख्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment