+
+

होटेल पावन मिथिला क्वारेन्टाइनका लागि तयार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १३:१८

१२ चैत, जनकपुरधाम । महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभाकी सदस्य निर्जला राउतको यो होटेललाई क्वारेन्टाइनका लागि तयार पारिएको हो ।

राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बतताएकी छन् । यो होटलमा ४५ वटा कोठा रहेको छ ।

सबै कोठालाई क्वारेन्टाइनका लागि तयार पारिएको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?