Comments Add Comment

डोटीबाट शंकास्पद् एकजनाको स्वाब परीक्षणका लागि पठाइयो

१२ चैत्र, डोटी । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो ।

उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्योती पाण्डेले जानकारी दिइन । ‘हामीले उहाँको स्वाब एम्वुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं,’ डा पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौं लगिनेछ ।’

रिपोट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा पाण्डेले बताइन ।

डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको डा पाण्डेले जानकारी दिइन् ।

संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment