+
+
Shares

सांसदको प्रस्ताव : सांसद कोषको बजेट ज्यालादारी गर्नेलाई राहत दिऔं

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते २०:५६

१२ चैत, जनकपुरधाम । प्रदेश २ का सांसद मनिष सुमनले संसदीय कोषको बजेटलाई दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत दिनमा खर्च गर्न सुझाव दिएका छन् ।

देश लकडाउन भएका बेला दैनिक ज्यालादारी गर्नेलाई छाक टार्न समस्या भएको भन्दै उनले संसदीय कोषको बजेट त्यसमा खर्च गर्न सुझाव दिएका हुन् ।

सांसद समुनले कोरोनाको विपदको समयमा अहिलेसम्म अगाडि नबढेका योजनाको साटो बिरामी जाँच्ने, रोकथाम गर्ने र दैनिक ज्यालामा बाँच्ने परिवारको सहयोगमा खर्च गर्नुपर्ने बताएका छन् ।

प्रदेश २ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदले १ करोड़ र निर्वाचित सांसदले थप २ करोड़ सम्मको योजना समावेश गर्न मिल्ने कार्यविधि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?