Comments Add Comment

न्युयोर्क सहरका झण्डै आधा कोरोना संक्रमित ४५ वर्षमुनिका

१२ चैत, काठमाडौं । वृद्धवृद्धा र बालबालिकाहरूको रोगप्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले यो उमेर समूहका व्यक्ति बढी संक्रमित हुनेमा पर्छन् । तर अमेरिकाको न्युयोर्क सहरमा विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसको संक्रमणमा ४५ वर्षमुनिका व्यक्ति परेका छन् ।

एनवाईसी हेल्थ डिपार्टमेन्टका अनुसार, संक्रमितमध्ये झण्डै आधा मानिस ४५ वर्षमुनिका छन् । यसमा पनि पुरुष बढी छन् । कुल १५ हजार ५ सय ९७ संक्रमितमध्ये ५६ प्रतिशत त पुरुष नै छन् । कोरोना संक्रमणबाट ज्यान गुमाइरहेकामध्ये पनि पुरुष धेरै छन् । हालसम्म ज्यान गुमाएका मध्ये ६१ प्रतिशत पुरुष रहेको हेल्थ डिपार्टमेन्टले जनाएको छ ।
सीएनबीसीका अनुसार, न्युयोर्क सहरका १८ देखि ४४ वर्षका ४६ प्रतिशत मानिस कोरोनासँग जुधिरहेका छन् । ४५ देखि ६४ वर्ष उमेर समूहका ३३ प्रतिशत मानिसमा पनि कोरोना देखिएको छ । त्यस्तै, ६५ देखि ७४ सम्मका ११ र ७५ भन्दा माथिका ८ प्रतिशत व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।

न्युयोर्क स्टेटको न्युयोर्क सहर कोरोनाको सबैभन्दा बढी चपेटामा परिरहेको छ । हाल न्युयोर्क राज्यभर ३० हजार ८ सय ११ मानिसमा कोरोना पुष्टि भएको छ । यीमध्ये १७ हजार ८ सय ५६ त न्युयोर्क सहरकै छन् । हरेक तीन दिनमा यहाँको संक्रमण दोब्बरले बढिरहेको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनबीसी डटकमले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हटस्पट भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment