Comments Add Comment

हालान्डको बुबाले भने- म्यानचेष्टर युनाइटेडले चासो देखाएन

काठमाडौं । एर्लिन हालान्ड अहिले जर्मन क्लब बोसिया डर्टमण्डबाट खेलिरहेका छन् । डर्टमण्ड जानुअघि उनलाई इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्सले पनि इच्छा देखाएको थियो ।

युनाइटेडका म्यानेजर ओले जनर सोल्सायरले पनि उनलाई भित्र्याउन इच्छा गरेका थिए तर क्लबबाट पूर्ण चासो नदेखाउँदा हालान्ड डर्टमण्ड पुगे ।

यसैबीच हालान्डका बुबा अल्फ इनगे हालान्डले पनि युनाइटेड क्लबले चासो नदेखाउँदा हालान्डलाई अनुबन्ध गर्ने मौका गुमाएको बताएका छन् ।

अल्फ आफैं पनि कुनै बेला प्रिमियर लिगमा लिड्स युनाइटेड र म्यानचेष्टर सिटीबाट खेलेका थिए । म्यानचेष्टर युनाइटेड उनको लागि नयाँ थिएन ।

जनवरी हालान्डले युनाइटेड जाने अवसरलाई लत्याउँदै डर्टमण्ड रोजेका थिए । जहाँ उनले जानेबित्तिकै गोलको वर्षा नै गरेका छन् । एर्लिनका बुबा अल्फले उनलाई भित्र्याउन नसक्नुमा क्लबले आफैलाई दोषी रहेको बताए ।

अल्फले जहाँ पूरा क्लबले चाहन्छ त्यहाँ जानुपर्ने र कोच मात्र चाहेर नहुने बताए । अहिले एर्लिन रहेको क्लबमै आफूहरु खुशी भएङ्को समेत अल्फले बताए ।

अल्फले हालान्ड युवा र राम्रो खेलाडी रहेको भन्दै उनले अझै सुधार गर्नसक्ने बताए ।

एर्लिन हालान्डले डर्टमण्डका लागि सबै खाले प्रतियोगितामा गरेर ११ खेल खेल्दा १२ गोल गरिसकेका छन् । डर्टमण्ड जानुअघि अष्ट्रियन क्लब रेडबु साल्जवर्गमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३८ खेलमा ४१ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment