Comments Add Comment

वीरगञ्जमा तरकारी, फलफूल र खाद्यान्न किन्न बाहिर निस्कन दिइने

१३ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन सरकारले लकडाउनको घोषणा गरेको छ । त्यसको पालना गराउन सुरक्षाकर्मीहरु खटिएका छन् । उलंघन गर्नेलाई कारबाही भइरहेको छ । सवारी साधन नियन्त्रणमा लिएर जरीवाना लिएर छोडिएको छ ।

तर वीरगञ्ज महानगरपालिकामा तरकारी फलफूल र खाद्यान्न खरिदका लागि निस्कन दिइने भएको छ । तरकारी र फलफूल खरिद गर्न बिहान र खाद्यान्न खरिदका लागि दिउँसोको समय छुट्याइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

महानगरपलिका प्रमुख विजयकुमार सरावगी समेतको उपस्थितिमा बसेको बैठकले जनप्रतिनिधि तथा वडा अध्यक्षहरुले खाद्यान्न बिक्री वितरणका लागि स्थान तोक्ने निर्णय गरेको छ । ती पसलमा आवश्यकता परेका सर्वसाधरणले गएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न खरिद गर्न सक्नेछन् ।

त्यसैगरी सामुदायिक प्रहरी बिट रहेका स्थानहरु मीनाबजार, मुरली, ग्रिनसिटी (पुरानो बसपार्क), छपकैया, कुम्हालटोल, बिर्ता तथा रानीघाटबाट तरकारी तथा फलफूल बिक्री गर्न दिइने भएको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ती स्थानमा पसल खुल्ला रहनेछन् । तरकारी, फलफूल तथा खाद्यान्न बिक्री वितरण गर्दा भिडभाड नगरी कम्तिमा ३ फिटको दुरी कायम हुने गरी व्यवस्थित रुपमा लाइन मिलाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीहरुलाई विशेष अवस्थामा बाहेक बिहान ७ बजेभन्दा अगाडिनै कार्यालयमा पुग्न र साँझ ६ बजेपछि मात्र फर्कन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment