Comments Add Comment

पीपीईमा सरकारको आफ्नै मापदण्ड : मास्क, चश्मा, टोपी र ग्लोब लगाएर जाँच्नुस्

१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै सम्भावित संक्रमितहरु अस्पतालमा जाने क्रम बढ्दो छ ।

तर रुघाखोकी तथा ज्वरोको लक्षण देखिएका विरामीहरुलाई जाँच्न पनि स्वास्थ्यकर्मीहरु डराउने गरेका छन् । कारण हो, स्वास्थ्यकर्मीहरुलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्कलगायतका सुरक्षा किटको अभाव ।

सरकारको निर्देशनपछि ५० वा त्यसभन्दा बढी शय्या भएका अस्पतालमा फिवर क्लिनिक खोलिएको छ । तर सम्भावित संक्रमितलाई भर्ना लिन मानेका छैनन् । सम्भावित लक्षण देखिएको विरामी आउनासाथ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग वा कोरोनोसम्बन्धी अस्पतालमा रिफर गर्ने गरेका छन् ।

सरकारले भने स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराउनुको साटो नयाँ मापदण्ड बनाएको छ । यसअनुसार रुघाखोकी र ज्वरो आएका सम्भावित संक्रमितलाई चेकजाँच गर्न पीपीई नचाहिने स्वास्थ्य सचिव यादव कोइरालाले बताए । मास्क, ग्लोब, चश्मा र क्याप लगाएर जाँच गर्नु पर्नेछ ।

कोरोना संक्रमण पुष्टि भएपछि मात्र पूर्ण पीपीई सेट लगाएर चेकजाँच गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment