+
+
Shares

गुजारा चलाउन नसक्ने तनहुँवासीलाई सांसदले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १७:३८

१३ चैत, तनहुँ । लकडाउनको समयमा दैनिक गुजारा टार्न समस्या पर्ने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई तनहुँका एकजना सांसदले सहयोग गर्ने बचन दिएका छन् ।

तनहुँ क्षेत्र १ का १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सार्वजनिक अपिलमार्फत सो जानकारी गराएका हुन् ।

उनले लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर खाने तथा विपन्न जनतालाई दैनिकी चलाउने समस्या भएमा आफूलाई फोन र सामाजिक सञ्‍जालमार्फत सम्पर्क गर्न आफ्नो र सहयोगीको नम्बरसमेत दिएका छन् ।

सांसद श्रेष्ठले भनेका छन्य ‘यस्तो परिस्थितिमा म भौतिक रुपमा तपाईंहरु समक्ष आउन नसके पनि दैनिक जीवन गुजारा गर्न समस्या हुनेहरुले सम्पर्क गर्नुहोला र म सहयोगको व्यवस्था गर्नेछु । देशको अवस्था सामान्य भइसकेपछि म तपाईंहरुको अवस्था बुझ्न घरघरमै आउनेछु ।’

उनले तनहुँका जनताले आफूलाई अभिभावक सम्झेर समस्याको बारे जानकारी गराएमा तत्काल सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?