+
+
Shares

समुदायस्तरमै कोरोना परीक्षण गरियोस् : सभापति भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १८:३७

१३ चैत, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले समुदायस्तरमै कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था मिलाउन माग गरेकी छन् ।

बिहीबार बक्तव्य निकालेर उनले समुदायस्तरमै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरी आवश्यक सामग्री उपलब्ध गराएर कोरोना भाइरस परीक्षणको व्यवस्था यथाशीघ्र गर्न सरकारसमक्ष माग गरेकी हुन् ।

स्वास्थ्यकर्मीहरुलाई महामारीविरुद्ध तालिमको व्यवस्था गरेर आवश्यकताअनुसार नयाँ ठाउँहरुमा स्वास्थ्य सेवा केन्द्रहरुको स्थापना गर्न सरकारलाई उनको सुझाव छ ।

क्वारेन्टाइनको लागि स्पष्ट योजना र प्रक्रिया सुनिश्चितता गर्न समेत सभापति भट्टले माग गरेकी छन् । योजना बनाउँदा प्रदेश सरकार र स्थानीय सरकारलाई अत्यन्त महत्वका साथ प्राथमिकतामा राखेर बनाइनुपर्ने पनि उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?