Comments Add Comment

वीरगञ्जबाट कालोबजारी र लकडाउन अवज्ञा गर्ने पक्राउ

१४ चैत, वीरगञ्ज । लकडाउनको मौका छोपी कालोबजारी गरेकाे आरोपमा वीरगञ्जको छपकैयाबाट प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको मौका छोपेर  कालोबजारी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका ५० वर्षीय जगनारायण पटेल पक्राउ परेका हुन् ।

कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार बेलुका साढे ८ बजेको समयमा ७० किलो आलु र २५ किलो प्याजसहित पटेललाई नियन्त्रणमा लिएको थियो ।

बजार मूल्य भन्दा दोब्बर, तेब्बर मूल्यमा आलु र प्याज प्रति किलो १ सय रुपैयाँको दरले कालोबजारी गरी बेची रहेको अवस्थामा पटेललाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए ।

यस्तै लकडाउनको अवज्ञा गरी रामटोलस्थित सडक छेउमा माछा बिक्री गरिरहेको अवस्थामा प्रहरीले वीरगञ्ज–७ रामटोलका २९ वर्षीय पप्पु साह तुरहालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट गएको टोलीले १५ किलो माछासहित तुराहालाई नियन्त्रणमा लिएको थियो ।

लकडाउनको अवज्ञा गरी सडक छेउमा माछा बिक्री गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment