Comments Add Comment

कोरोना संक्रमण रोक्न विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन

१४ चैत, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्ननका लागि उच्च सतर्कता अपनाएको छ।

गाउँपालिकाले  वैदेशिक रोजागरीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरेरै कोरोना भाइरसबाट हुने जोखिमबारे निगरानी बढाएको हो ।

विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

गाउँपालिकाले संकलन गरेको तथ्यांक अनुसार १२ जना व्यक्तिहरु वैदेशिक रोजगारीबाट फर्किएका छन् ।

अध्यक्ष लामाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्वास्थ्य परीक्षण गरेर उच्च सतर्कता अपनाउन अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment