+
+
Shares

प्रधानमन्त्री राहत कोषमा कपिलले गरे ५० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १३:१७

कोरोना संक्रमणका कारण भारतमा २१ दिनको लक डाउनको घोषणा गरिएको छ । यसले, दैनिक काम गरेर घरवार चलाउने मजदुरहरु समस्यामा परेका छन । बलिउडमा पनि त्यस्ता कैयौ मजदुर छन्, जो दैनिक काम गरेर दैनिकी टार्ने गर्छन् ।

यसैले, अहिले बलिउडकर्मीहरुले ती मजदुरका लागि पनि राहत घोषणा गर्न थालेका छन् । कमेडियन कपिल शर्माले सहयोगको हात अगाडि बढाएका छन् । उनले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेका छन । यस्तै, अर्का नायक ऋतिक रोशनले मास्क किनेर सरकारलाई हस्तान्तरण गरेको भारतीय मिडियामा उल्लेख छ ।

कपिल आफैले सामाजिक संजालमा यो कुराको जानकारी दिएका छन् । उनले लेखेका छन्–‘यो समय ती मानिसहरुका लागि हातेमालो गर्ने हो, जसलाई हाम्रो आवश्यकता परेको छ । कोरोनासँगको यो युद्धमा म ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु । मेरो प्रार्थना छ कि, सबैजना घरमा सुरक्षित रहनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?