Comments Add Comment

स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा गरिदिन सांसदको माग

१४ चैत, वीरगञ्ज । प्रतिनिधिसभाका सांसद प्रदीप यादवले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न माग गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरसविरुद्ध दिन रात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित महसुस गराउन सरकारसँग माग गरेका छन् ।

सबै स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको सुरक्षित पहिरन उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

यादवले विज्ञप्तीमार्फत् महामारीले गर्दा विश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदनशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देशभरमा खटिँदै आएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको सवालमा संघीय सरकार, प्रदेश नं २ सरकार, स्थानीय सरकार र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी, उनले सरकारलाई शहरका ठूला अस्पतालदेखि गाउँघरका स्वास्थ्य संस्थासम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोषाक उपलब्ध गराउन आग्रह गरेका छन् ।

समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संसाद यादवले यो महामारीमा कार्यक्षेत्रमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि अप्रिय व्यवहार गर्ने व्यक्तिलाई दण्डित गर्नसमेत उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment