Comments Add Comment

बदलिएको दिनचर्या : ‘वर्क फ्रम होम’

कति अकल्पनिय र नाटकिय रुपमा बद्लियो विश्वकै मानिसहरुको दिनचर्या

‘वर्क फ्रम होम’ अर्थात् घरबाट नै काम भन्ने कुरा सुन्दा राम्रो लाग्नसक्छ । तर, घरबाट काम गर्नु भन्ने कुरा सोचे जस्तो सजिलो भने छैन, विशेष गरेर अहिलेको जस्तो अवस्थामा । २१ औं शताब्दीमा जन्मिएका तथा हुर्किएका वर्तमान पुस्ताले यस्तो कुराको शायदै कल्पनासम्म गरेका थिए ।

कोरोना भाइरसबाट बच्नका लागि कर्मचारीहरु घरबाट नै काम गरिरहेका छन् । घरबाट काम गर्नाले शरीर र मस्ष्तिकमा धेरै दबाब पर्छ । तर, केही कुराहरुमा ध्यान दिएर  वर्क फ्रम होमको क्रममा पनि आफ्नो मस्तिकलाई ताजा र शरीरलाई फुर्तिलो राख्न सकिन्छ ।

बन्द कोठामा काम गर्न कठिन

‘यार म त घरमा बस्नै सक्दिन’ भनेको तपाईंले पनि सुन्नु भएको होला । वास्तवमा हामी अफिस जाँदा हाम्रो दैनिक रुटीन निश्चित हुन्छ । विहान हामी घरबाट बाहिर खुल्ला हावामा निस्कन्छौ । विभिन्न मानिसहरुसंग भेट्छौ, कुराकानी गर्छौं । तर जब हामी घरबाट काम गर्छौं, तब दिनभरी एउटै कोठामा नै हाम्रो दिन बित्छ । त्यस्तो अवस्थामा हाम्रो दिमागी हालतमा असर पर्नु स्वाभाविकै हो ।

आफ्नो रुटिनमा परिर्वतन गर्नु हुँदैन

धेरै जसो मानिसहरु आफ्नो दैनिक तालिका परिवर्तन गर्छन् । घरबाट काम गर्नुको अर्थ तपाईं विहान ढिला उठ्नु र राती ढिला सुत्नु भन्ने होइन । त्यसो गर्नाले तपाईंको शारीरिक चक्रमा असर पर्छ र तपाईं आफु विरामी भएको महसुस गर्नु हुन्छ । जसका कारण तपाईंको मानसिक स्वास्थमा पनि असर पर्छ । त्यसैले तपाईंले घरबाट काम गरेता पनि समयमा खाजा र खाना समयमा नै खानु आवश्यक छ ।

हल्का ब्रेक–एक्सरसाइज

बन्द कोठामा लगातार काम गर्न कठिन हुन्छ । जसरी तपाईं अफिसमा काम गर्दा ब्रेक लिनु हुन्छ, त्यसरी नै घरबाट काम गर्ने क्रममा समय–समयमा ब्रेक लिनु आवश्यक छ । कामको बीचमा उठेर बैठक कोठामा जानु पर्छ र कम्मर, गर्दन र आँखाको व्यायाम गर्नु पर्छ । त्यसो गर्नाले तपाईंको दिमागलाई ब्रेक प्राप्त हुनुको साथै शरीरलाई पनि आराम प्राप्त हुन्छ ।

आफ्नो मनपर्ने काम गर्नुपर्छ

घरबाट काम गर्नुको फाइदा भनेको तपाईंको अफिस जाने–आउने समय बच्छ । त्यसैले कामलाई सही प्रकारले व्यवस्थापन गरेर आफ्नो इच्छा लागेका कामहरुलाई समय दिनु पर्छ । त्यसो गर्नाले तपाईंलाई खुशी प्राप्त हुन्छ । अरु समयमा जब तपाईं अफिसमा काम गर्नु हुन्छ, त्यो समयमा आफुलाई इच्छा लागेको काम गर्नका लागि समय हुँदैन । त्यसैले वर्क फर्म होममा हुँदा आफ्नो लागि समय निकाल्नु पर्छ । त्यसो गर्दा तपाईंको काम पनि हुन्छ र तपाईं दिमागी रुपमा पनि फिट भएको महसुस गर्नु हुन्छ ।

पानी धेरै पिउने 

अफिसमा हाम्रो टेबलमा नै पानीको बोतल राखिएको हुन्छ । लन्चका लागि निश्चित समय तोकिएको हुन्छ । तर घरमा प्रायः मानिसहरु लापरवाही गर्छन र खाना र पानी पिउनतिर ध्यान दिँदैंनन् । जसले शरीरमा पानीको कमी हुन्छ । जुन  शारीरिक र मानसिक स्वास्थका लागि हानीकारक हुन्छ । त्यसैले आफुसंग पानीको बोटल राख्नु पर्छ । यसबाहेक तपाईंले पानी पिउने अलार्म अथवा रिमाइन्डर पनि राख्न सक्नु हुन्छ ।

घाम ताप्नु पर्छ

अफिस जाने हुँदा घाम ताप्न पाइँदैन भन्ने प्रायः मानिसहरुको गुनासो हुन्छ । प्रायः मानिसहरु विहानको समय घरका विभिन्न काममा व्यस्त हुन्छन् र समयमा नै अफिस पुग्नु पर्ने वाध्यता पनि हुन्छ । त्यसैले वर्क फर्म होमको समयमा घाम ताप्नु आवश्यक छ । घाम ताप्नाले भिटामिन डी प्राप्त हुन्छ भन्ने कुरा प्रायः सबैलाई थाहा छ । जुन मानसिक र शारीरिक स्वास्थका लागि अति नै आवश्यक छ । वास्तवमा भिटामिन डी एन्डोर्फिन र सेरोटोनिन नामक रसायनलाई उत्पन्न गर्छ, जसले मुड राम्रो बनाउन सहयोग गर्छ ।

अरुसंग कुराकानी गरिरहनु पर्छ

यदि तपाईं परिवारसंग रहनु हुन्छ भने आफ्नो परिवारका सदस्यसंग समय-समयमा कुराकानी गरिराख्नु पर्छ । आफ्ना बच्चालाई केही समय दिनु पर्छ । यदि तपाईं एक्लै बस्नु हुन्छ भने फोनको माध्यमबाट आफ्ना साथी, सहकर्मिहरुलाई कल, म्यासेज गर्नु पर्छ । त्यसो गर्दा तपाईंलाई दिक्क लाग्दैन र तपाईं ताजापनको महसुस पनि गर्नु हुन्छ । त्यति मात्र होइन घरबाट काम गरिहनु भएको छ भने एकदम चुपचाप लागेर काम गर्नु भन्दा केही गीत गुनगुनाउनु अथवा कुरा गर्ने गर्नु पर्छ । तपाईं अफिसमा हुँदा पनि केही न केही त बोलिरहनु भएको नै हुन्छ ।

ध्यान गर्नु फाइदाजनक

तनाव कम गर्नका लागि ध्यान (मेडिटेशन) लाई राम्रो र सजिलो तरिका मानिन्छ । कामको बीचमा ब्रेक लिएर ध्यान गर्नु पर्छ । यसो गर्नाले मुड पनि राम्रो हुन्छ र काम गर्न मन लाग्छ ।

धेरै चिया कफि पिउनु हुँदैन

घरबाट काम गर्नुको अर्थ तपाईंले एकपछि अर्को कप चिया पिइराख्नु पर्छ भन्ने होइन । चिया र कफिमा क्याफीन हुन्छ, जुन दिमागी स्वास्थका लागि हानिकारक हुन्छ । त्यसैले चिया कफिको सेवन कम गर्नु पर्छ । चिया कफिभन्दा लस्सी, कागती पानी पिउन सक्नु हुन्छ ।

यसप्रकार अल्छि नभइकन तपाईं आफ्नो घरबाट काम गर्ने क्रममा पनि फिट रहन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment